उपत्यका भित्र पनि सबै पास रद्द ,

जेठ १ ,काठमान्डौ – शनिबारदेखि लागू हुनेगरी सवारीसाधन चलाउनका लागि यसअघि जारी भएका सबै पास रद्द गर्ने गृहमन्त्रालयले निर्णय गरेको छ ।

आज बिहीबारदेखि एक जिल्लाबाट अर्को जिल्ला जानका लागि जारी भएको पास रद्ध गरिएकोमा शनिबारदेखि भने जिल्लाभित्रै पनि पासलाई मान्यता नदिने गरी रद्द गरिएको गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए।

७७ जिल्लाले जारी गरेका जिल्लाभित्रै एक ठाउँबाट अर्को ठाउँ जान मिल्ने गरी दिइएका पास जेठ ३ गतेदेखि लागू हुने गरी खारेज गरिएको सबैखाले पास रद्द गरिएको छ अधिकारीले बताए।

lekbesi

कारोना भाइरसको संक्रमण बढेसँगै गृहमन्त्रालयले लकडाउनलाई थप कडाइ गर्ने नीति अनुरुप सो निर्णय गरेको छ ।

प्रधानमन्त्रीको निर्देशनसँगै बिहीबारदेखि लागू हुनेगरी एक जिल्लाबाट अर्को जिल्लामा जान नपाउने निर्णय गर्दै गृहले पास रद्द गरेको छ ।

काठमाडौं उपत्यकामा बिहीबार दुई जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।चन्द्रागिरि नगरपालिका एक र कपिलवस्तु घर भएकी टिचिङमा उपचारका लागि ल्याइएकी ६ वर्षीया बालिकामा कोरोना पुष्टि भएको हो।