Simta
Simta
lekbesi

लकडाउनमा मन्दिरको दान पेटिका र मूर्ति चोरी गर्ने पक्राउ ,

Gurvakot

जेठ १ ,काठमान्डौ – लकडाउनको मौका छोपी मन्दिरको दान पेटी ,मुर्ति चोर्ने गर्ने दुई जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।

गोकर्णेश्वर,८ स्थित गणेश मन्दिरको ढोका फोडेर दान बाकस तथा महादेवको मूर्ती चोरी गरेको आरोपमा सिन्धुलीका १९ वर्षीय सुजन तामाङ र भोजपुरका २० वर्षीय पृथ्वी विकलाई अपराध अनुसन्धान महाशाखा, टेकुले पक्राउ गरेको बताएको छ ।

उनीहरुले हिजो राति करिब १ बजे गणेश मन्दिरको मुल ढोका फोरेरदान बाकसबाट रु १० मन्दिर बाहिर रहेको ३ हजार भालेश्वर महादेवको ढलोटको मुर्ति गरि करिब १७ हजार बारबारको धनमाल चोरी गरेका थिए ।

lekbesi

यो बारेमा हाल महानगरीय प्रहरी वृत्त, बौद्धले विस्तृत अनुसन्धान गरिरहेको छ ।

यस्तै १७ वैशाखमा साँझको समयमा चन्द्रागिरि–१५, रावत टोल बस्ने राजेश मानन्धरको घरमा प्रवेश गरी सुनको गरगहना र टिभी चोरी गरेको आरोपमा दोलखाका छिरिङ भन्ने रविन तामाङ पक्राउ परेका छन् ।

उनले १५ लाख रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीले बताएको छ ।

।उनलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि थानकोट प्रहरीको जिम्मा लगाइएको छ ।

छिरिङ २०६८ सालमा चोरी सम्बन्धी कसूरमा महानगरीय प्रहरी वृत्त, कीर्तिपुरबाट पक्राउ परेका व्यक्ति हुन् ।

उनी जिल्ला कारागार इलाममा ४ वर्ष जेल सजाय भुक्तान गरी छुटेका अनुसन्धानमा खुलेको छ ।

 

 

 

 

 

Simta