काठमान्डौमा ७ वर्षीय बालिकालाई कोरोना पुस्टि ,

जेठ १ ,काठमान्डौ – नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धनुषा र धादिङका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक, धनुषा निवासी १७ वर्षीय महिला र धादिङ निवासी ३० वर्षीय महिला संक्रमित भएका मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।

lekbesi

यो संगै नेपालमा संक्रमितको संख्या २४९ पुगेको छ ।