Simta
Simta
lekbesi

नेपालगंज बाँकेमा थप ८ जना कोरोन संक्रमित फेला ,

Gurvakot

जेठ २ ,काठमान्डौ – नेपालगंज बाँकेमा थप ८ जना कोरोन संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान मकवानपुरमा १ जना बाँकेमा ८ जना गरि ९ जना नँया संक्रमित थपिएको बताएको छ।

मकवानपुर निवासी ३७ वर्षीय पुरुषमा संक्रमण भेटिएको हो । बाँकेको नरैनापुर गाउँपालिका  १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

lekbesi

मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीका अनुसार अब नेपालमा २५८ जना संक्रमित पुगेका छन् ।

Simta