नीति तथा कार्यक्रमपछि नेकपा स्थायी कमिटि छलफल हुने ,

जेठ २ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकका विषयमा सरकारको नीति तथा कार्यक्रमपछि छलफल हुने भएको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारको नीति तथा कार्यक्रमपछि स्थायी कमिटी बैठक बोलाउनेबारे छलफल हुने जानकारी पनि दिएका छन् ।

सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम शुक्रबार ल्याउँदैछ ।

lekbesi

तेस्तै शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय सदस्यहरुको सुझाव मागेका प्रवक्ता श्रेष्ठले बताए ।

उनका अनुसार अझै केहि महत्वपुर्ण सुझाव छन् भने प्रधानमन्त्रीले दिनुहोस भन्नुभयो ।