Simta
Simta
lekbesi

बाँकेमा भेटिएका ८ संक्रमित केहि दिन अघि भारतबाट आएका थिए,

Gurvakot

जेठ २ ,काठमान्डौ – शुक्रबार बिहान बाँकेमा भेटिएका ८ जना कोरोना संक्रमित केहि दिन अघि भारतबाट आएको खुलेको छ ।

संक्रमितहरु ७ /१० दिन अघि भारतबाट आएको नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले बताए ।

नेपाल प्रवेश गरेपछि उनीहरुलाई गाउँपालिकाले तयार गरेको २ वटा क्वारेन्टाइनमा राखिएको थियो। शुक्रबार बाँके नरैनापुर गाउँपलिका वडा नं १, ३ र ५ का १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षका पुरुषमा कोरोना पुष्टि भएको हो।

lekbesi

योसँगै बाँकेमा कुल संक्रमितको संख्या ३३ पुगेको छ। तेस्तै नेपालमा भरि हाल सम्म २५८ जनामा कोरोन संक्रमण फेला परेको छ ति मध्ये ३५ जना निको भएर घर फर्केका छन् ।

Simta