कांग्रेसको विशेष समितिमा विनोद चौधरी संयोजक ,

जेठ २ ,काठमान्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ‘लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण एवं दिगो परियोजना विशेष समिति’ गठन गरेको छ ।

कोरोना महामारीका कारण नेपालको लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा परेको असर अध्ययन गर्नका लागि उद्योगपति विनोद चौधरीको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरेको हो।

वैशाख १७ मा सम्पन्न केन्द्रीय समितिको बैठकले कोरोनाले देशका विभिन्न क्षेत्रमा परेको असर अध्ययन गरी त्यसका लागि आवश्यक कार्य गर्न विभिन्न समिति गठन गर्ने निर्णय गरेको थियो ।

lekbesi

विशेष समितिमा दीपक खड्का, उमेश श्रेष्ठ, ईन्द्र बानियाँ, टेकबहादुर गुरुङ, कर्मा घले, जिपछिरिङ लामा, छत्र गिरि, सूर्यबहादुर केसी, मोहन आचार्य, तेजुलाल चौधरी, अनिल रुङ्गटा, विष्णुबहादुर खड्का, पूर्णबहादुर तामाङ र खगेश्वर बोहरा सदस्य छन् ।

यस्तै दिर्घकालीन रूपमा लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा दूरगामी दृष्टिकोण साथ दिगो परियोजनाहरुको परिकल्पना र कार्यान्वयनमा भूमिका निर्वाह गर्ने कांग्रेसले जनाएको छ।