काठमान्डौमा महानगरपालिकाका ३१ जनामा आरडिटि पोजेटिभ ,

जेठ २ ,काठमान्डौ – काठमाडौं महानगरपालिकाका ३१ जना कर्मचारीमा कोरोनाभाइरस आरडिटि पोजेटिभ देखिएको छ ।

उनीहरुमा शुक्रबार आरडीटी विधिबाट कोरोना परीक्षण गरिँदा ३१ जनामा कोरोना पोजेटिभ देखिएको काठमाडौं महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख नरेन्द्र बज्राचार्यले बताए ।

महानगरपालिकाका फोहोरमैला उठाउने कर्मचारी चालक स्वयम्सेवकलगायतका कर्मचारीमा कोरोना परीक्षण गर्दा पोजेटिभ आएको हो ।

lekbesi

आज गरिएको ६६४ जनामा आरडीटी टेस्ट र २६८ जनामा पीसीआर विधिबाट परीक्षण गरिँदा आरडीटी गरिएका ६६४ जनामध्येबाट ३१ जनामा कोरोना पोजेटिभ आएको हो ।

पीसीआरकाे रिपोर्ट भने आउन बाँकी छ । पीसीआर परीक्षणका लागि स्वाब संकलन सुरु गरिएको र संकास्पद बिरामीलाई हाल महानगरको वातावरण विभागले नै निर्माण गरेको क्वारेन्टाइनमा राखिएको बज्राचार्यले बताए ।

कोरोन हो वा होईन भन्ने पिसिआरको रिपोर्ट आएपछि मात्र भन्न मिल्ने उनले बताए ।