Simta
Gurvakot
Gurvakot

विश्व बैंकको सर्वेक्षन यसपालि पनि आर्थिक वृद्धिदर ४.६%, मा सिमित रहने ,,

३ वैशाख, काठमाडौं – विश्व बैंकले यसपटक पनि नेपालमा आर्थिक वृद्धि ४.६ % मा सिमित हुने जनायको छ । सन् २०१८ मा नेपालको
आर्थिक वृद्धिदर नबढेर ४.६ प्रतिशतमा सीमित हुने प्रक्षेपण देखायको छ । सरकारले यो वर्ष ७.२ प्रतिशतले आर्थिक वृद्धि ले बढाउने लक्ष्य राखेको थियो तर विश्व बैंक र एशियाली विकास बैंक -एडीबी) दुवैले वृद्धिदर कम हुने प्रक्षेपण गरेको छ ।

एडीबीले यसअघिको ४.७ प्रतिशतको वृद्धि प्रक्षेपण संशोधन गर्दै ४.९ प्रतिशत हासिल हुने हालै सार्वजनिक गरेको थियो ।गत वर्ष ७.५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सफल भएको नेपालमा यसवर्ष गएको तराईमा गएको बाढी, रेमिट्यान्स भित्रिने क्रममा आएको सुस्तता र कर्जाको व्याजदरमा भएको वृद्धिको प्रभाव रहने विश्व बैंकले उल्लेख गरेको छ ।

हरेक वर्ष नेपालमा काम गर्न सक्ने जनसंख्या ३५ हजारको दरमा बढेको तर त्यही अनुसार रोजगारी सृजना हुन नसकेको पनि विश्व बैंकले उल्लेख गरेको छ । हरेक वर्ष मुलुकमा दुई लाख ४० हजार रोजगारी सिर्जना हुनुपर्ने विश्व बैंकले बताएको छ ।नेपालको सन् २०१९ र सन् २०२० मा आर्थिक वृद्धिदर थप घटेर क्रमशः ४.५ र ४.२ प्रतिशतमा सीमित हुने प्रक्षेपण विश्व बैंकको छ ।

lekbesi

दक्षिण एशियामा ६.९ प्रतिशत वृद्धि,,

Simta

समग्रमा दक्षिण एशियाको आर्थिक वृद्धिदर ६.९ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण छ । आगामी वर्ष भने वृद्धिदर ७.१ प्रतिशत पुग्नेछ ।सन् २०२५ सम्ममा मासिक रुपमा दक्षिण एशियाका १८ लाख युवा काम गर्ने उमेरमा परिणत हुदै जाने र यस क्षेत्रमा आर्थिक वृद्धिदरको कारण रोजगारी सिर्जना दर राम्रो भएको टिप्पणी विश्व बैंकको छ ।

समग्रमा यस क्षेत्रमा काम गर्न सक्ने उमेरका जनसंख्यामा वृद्धि भइरहे पनि सन् २००५ देखि २०१५ को तथ्यांकअनुसार काममा रहेका जनसंख्याको दर घटेको छ ।त्यसैले यस क्षेत्रमा यो वर्ष कम्तिमा एक करोड १७ लाख रोजगारी सिर्जना हुनुपर्ने छ । यसो भएमा मात्र यहाको आर्थिक वृद्धिदर दीगो हुने विश्व बैंकले सुझाएको छ ।

दक्षिण एशियामा बंगलादेश र भारत अगाडि

समग्रमा सबैभन्दा धेरै आर्थिक वृद्धि हुनेमा भारत र बंगलादेश देखिएका छन् ।विश्व बैंकको प्रक्षेपण अनुसार यी देशमा क्रमशः ७.३ र ६.५ प्रतिशत रहनेछ । त्यस्तै, पाकिस्तान, भुटान र माल्दिभ्सको क्रमशः ५.८,५.४ र ५.५ प्रतिशत हुनेछ ।श्रीलंका र अफगानिस्तानको क्रमशः ४.८ र २.२ प्रतिशत हुनेछ ।