ओली प्रचण्ड: मदन भण्डारीको मृत्युको गहिरो अन्वेषण हुन्छ,

जेठ ३ ,काठमान्डौ – तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको जिप दुर्घटनामा मृत्यु भएको २७ वर्ष पूरा भएको अवसरमा शनिबार विज्ञप्ति जारी गर्दै नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले घटनाको गहिरो अन्वेषण गर्ने बताएका छन् ।

स्वर्गीय नेकपा एमालेका महासचिव मदन भण्डारी आजपनि नेपालि जनताको मनमा बाँचीरहेका छन् । उक्त घटना अझैपनि रहस्यमय छ ।

जिप दुर्घटनामा मारीएका मदन भण्डारी भनेपनि नेपालि जनता यसलाई मान्न तयार छैनन् । यसलाई नेपालको लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनविरुद्धको षड्यन्त्रपूर्ण हत्याका रूपमा जनताले लिने गरेका छन् ।

lekbesi

२७ औं मदन-आश्रित स्मृति दिवसको सन्दर्भमा हाम्रो पार्टी उक्त रहस्यमय घटनाको यथार्थको गहिरो अन्वेषण गर्दै सत्यतथ्य सार्वजनिक गर्न निरन्तर लागिरहने प्रतिबद्धता पुनः व्यक्त गर्दछ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा थप भनिएको छ उँहाहरुको विचार र आदर्शलाई अनवरत अवलम्बन गरिरहने दृढ संकल्प गर्दछ ।

नेकपा पुर्व एमाले र पुर्व एमाओवादीले २०७५ जेठ ३ गते मदन आश्रित स्मृतिकै दिन ऐतिहासिक पार्टी एकता गरेको थियो ।

यसरि दुई पार्टी एकता हुनु भनेको सामान्य परिघटना नरहेको समेत जारि विज्ञतिमा उल्लेख गरिएको छ ।