धुलिखेल अस्पतालमा मृतक महिलाको रिपोर्ट कोरोना पोजिटिभ,

जेठ ३ ,काठमान्डौ – कोरोना संक्रमणको आशंका गरिएकी एक महिलाको बिहीबार राति उपचारको क्रममा धुलिखेल अस्पताल मृत्यु भएपछि अस्पतालमा उच्च सतर्कता अपनाइएको छ ।

स्वासप्रस्वासमा समस्या भएपछि उपचारका लागि उनलाई बिहीबार साँझ सिन्धुपाल्चोकको बाह्रबिसेबाट धुलिखेल अस्पताल ल्याइएको थियो ।

अस्पताल श्रोतक अनुसार राति ९ बजे ल्याउँदा उनको अवस्था निकै गम्भीर थियो। उनलाई स्वास फेर्न निकै कथनी रहेको अस्पताल श्रोतले बताएको छ ।

lekbesi

उनलाई ट्युब राखेर भेन्टिलेट गर्दा पनि बचाउन नसकेको अस्पातल श्रोतले बताएको छ । उनको स्वाब लिएर परीक्षण गर्दा आज बिहान रिपोर्ट पोजिटिभ आयो ।

थप यकिन गर्न हामीले नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पनि पठाएका छौं अस्पातल श्रोत बताउछ ।

२९ वर्षकी ती महिलाले बैशाख २३ गते काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा बच्चा जन्माएकी थिइन् ।

अस्पतालबाट २४ गते डिस्चार्ज भएकी उनलाई बाह्रबिसे पुगेपछि स्वास्थ्यमा समस्या देखिएपछि धुलिखेल अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा ल्याउँदा उनको लक्षन हेर्दा कोरोन संग मिल्द जुल्दा देखिन्थे ।

उनको स्वाव संकलन गरी पीसीआर परिक्षण गर्दा शंकास्पद रिपोर्ट आएपछि पुनः परीक्षण गर्न पठाइएको धुलिखेल अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारले जानकारी दिए ।

अहिले अस्पतालमा उच्च सतर्कता अपनाईएको छ । ५ सय मिटर दुरी सम्मकसैलाई प्रवेश दिईएको छैन

जिल्ला विपद व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाका अनुसार भने संक्रमणको पुष्टी भइसकेको छैन,’रिपोर्ट आएपछि थप निर्णय हुन्छ उनले भने ।