Simta
Simta
lekbesi

मिडियामा मृतक महिला कोरोनाको कारण स्वास्थ्य मन्त्रालय रिपोर्ट आउन बाँकी,

Gurvakot

जेठ ३ ,काठमान्डौ – कोरोना संक्रमणको आशंका गरिएकी एक महिलाको बिहीबार राति उपचारको क्रममा धुलिखेल अस्पताल मृत्यु भएपछि उनको कोरोना रिपोर्ट पनि पोजेटिभ देखिएको अस्पतालले बताएको छ ।

उनको स्वाव संकलन गरी पीसीआर परिक्षण गर्दा शंकास्पद रिपोर्ट आएपछि पुनः परीक्षण गर्न पठाइएको धुलिखेल अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारले जानकारी दिए ।

केहि मिडियाहरुले भने उनको कोरोना बाट मृतु भएको र उनि नेपालमा पहिलो कोरोना मृतक भनेर लेखेका छन् ।

lekbesi

तर स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले भने उनको मृतुको कारण खुली नसकेको र थप विवरण हरु संकलन गर्दै गरेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

कतिपयले सामाजिक संजालभरि ति महिलाको मृतुको कारण कोरोना संक्रमणनै रहेको भन्दै पोस्ट गरेका छन् । अधिकारिक आउन बाँकी रहेको मन्त्रालयले बताएको छ ।

सिन्धुपाल्चोक बाह्रबिसेकि २९ वर्षकी ती महिलाको उपचारको क्रममा बिहिबार राति मृतु भएको हो ।

स्वासप्रस्वासमा समस्या भएपछि उपचारका लागि उनलाई बिहीबार साँझ सिन्धुपाल्चोकको बाह्रबिसेबाट धुलिखेल अस्पताल ल्याइएको थियो ।

ती महिलाले बैशाख २३ गते काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा बच्चा जन्माएकी थिइन् ।

अस्पतालबाट २४ गते डिस्चार्ज भएकी उनलाई बाह्रबिसे पुगेपछि स्वास्थ्यमा समस्या देखिएपछि धुलिखेल अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा ल्याउँदा उनको लक्षन हेर्दा कोरोन संग मिल्द जुल्दा देखिने गरेको अस्पताल श्रोत बताउछ।

Simta