Simta
Simta
lekbesi

कोरोनाबाट मृतक महिलालाई परिवारले छुन पाएनन सावधान , ,

Gurvakot

जेठ ३ ,काठमान्डौ -कोरोना भाइरसका कारण मृत्यु भएका व्यक्तिको परिवारले शव छुन नपाउने भएका छन् ।

कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले बनाएको शव व्यवस्थापनसम्बन्धी कार्यविधिले संक्रमण नफैलियोस् भनेर सतर्कता अपनाउन यो नीति अख्तियार गरेको हो ।

आज पहिलो पटक नेपालमा एक महिलाको कोरोना संक्रमणका कारण मृतु भएको छ । उनका आफन्तले शव छुन पाएनन एक मिटर टाढाबाट हेर्नेमात्र गरे ।

lekbesi

सिन्धुपाल्चोककी २९ वर्षीय मृतक महिलाको शनिबार राति नै पशुपति आर्यघाटमा अन्तिम संस्कार भइसकेको छ ।

कार्यविधिले मृतकको जथाभावी सदगतलाई पनि निषेध गरेको छ । शवलाई अस्पताल/घरबाट अन्तिम संस्कार गर्न लैजाने क्रममा अस्पतालका कर्मचारी, एम्बुलेन्स, सदगत गर्ने व्यक्तिहरु र सहभागी हुने आफन्तले पञ्जा, चस्मा, टोपी, मास्कसहित पीपीई प्रयोग गर्नुपर्ने भनिएको छ ।

सके सम्म मृतकको शवलाई अन्तिम संस्कार गर्नु पर्ने भनिएको छ भने ६० कटेका व्यक्ति र दीर्घ रोगीलाई कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको नजिकै जान नदिने, अन्तिम संस्कार गर्दा सकभर शव नछुनेतथा कोरोनाबाट मृत्यु भएकाको पोष्टमार्टम सामान्यतया गर्न नपर्ने गरेपनि सावधानी अपनाएर मात्रै गर्ने कार्यविधिमा उल्लेख छ ।

Simta