बाँकेमा क्वारेईनटाईनमा बसेका युवकको मृतु ,

जेठ ४ ,वुटवल – बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २४ वर्षका युवकको मृत्यु भएको छ ।

उनको रिपोर्ट आउन बाँकी रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए ।

नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका युवकको आइतबार बिहान मृत्यु भएको हो ।

lekbesi

क्वारेन्टाइनमा उपचार नपाई युवकको मृतु भएको भन्दै स्थानीयले विरोध गरेका छन्।

उपचारको लागि अस्पताल लैजान माग गर्दा पीपीई नभएको भन्दै एम्बुलेन्सलाई खबर गरेपनि चालकले नेपालगञ्ज लैजान नमानेको स्थानीयले जानकारी दिएका छन् ।

नरैनापुर–५ नयाँ बस्तीका ती युवक वैशाख ३० गते भारतबाट आएपछि क्वारेन्टाइनमा बसेका थिए । उनलाई वाकवाकी लागेको थियो ।