Simta
Simta
lekbesi

५० भारतीय नागरिक काभ्रेको जंगलबाट समातिय ,

Gurvakot

जेठ ४ ,काठमान्डौ – ५० भारतीय नागरिकलाई आज बिहान जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले नियन्त्रनमा लिएको छ। ]

सिन्धुपाल्चोकबाट बिहान ८ बजे धुलिखेल आएका ती भारतीय नागरिकलाई नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

सिन्धुपाल्चोकको जल्केनीबाट आज बिहान कन्टेनर भ्यानबाट धुलिखेल आएका भारतीय नागरिकलाई सूचना पाएलगत्तै सुरक्षाकर्मीद्वारा नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए ।

lekbesi

भारतीय नागरिक जल्केनीमा विद्युत् प्रसारण लाइनमा काम गर्ने मजदुर रहेको पाईएको छ। बिहान ८ बजे अरनिको राजमार्गस्थित जङ्गल क्षेत्रमा कन्टेनर भ्यानले ती नागरिकलाई ओरालेको थियो ।

बिना सुचना नागरिक ल्याएर बिचमा छोडीएको हुनाले उनीहरुलाई उतै फिर्ता गर्ने वा के गर्ने विषयमा सम्बन्धित तहसंग छलफल भईरहेको प्रमुख जिल्ला अधिकारि श्रवणकुमार तिमल्सिनाले बताए ।

Simta