surkhet

ओली-प्रचण्ड वार्ता आज पनि टोस निर्णयमा जान सकेन ,,

surkhet

वैशाख ३ , आज बसेको दुई पार्टी बिचका  माओवादी नेता  अध्क्षय  प्रचण्ड र एमाले नेता प्रधानमन्त्री केपी शर्मा ओली को भेट वार्ता बिना निस्कर्ष बिना टूङ्गियको छ ।प्रचण्ड आज काठमान्डौ फर्कियापछी दुई नेता बीच वान टु वान वार्ता त भयो ।तर कुनै आधिकारिक निर्णय भने हुन सकेन। पार्टी एकता बीच अन्योल भयको बेला दूइ नेता बीच बसेको बालुवाटार बैठकले कुनै निर्णय मा नपुगेर भोलि बिहान ९ बजे बस्ने गरि जानकारी गरायो ।
प्रधानमन्त्री ओली भारत भ्रमण बाट फर्किय लगतै बैठक बस्ने भने पनि एमाओवादी नेता अध्क्षय प्रचण्ड बिरामि भयको कारण स्थगित भयको थियो।  आज बिहान बैठक बसेको थियो दुई पार्टी एकता यहि वैशाख ९ गते गर्नु पर्ने यक अर्कामा धारणा राखियको थियो।

मतभेद पनि भएन, ठोस पनि केही छैन,,
ओली र प्रचण्डबीच सोमबार भएको वार्तामा विवादित विषयहरुमा कुनै ठोस प्रगति भएको छैन । सबै विषयमा एकसरो छलफल भने भएको छ ।२९९ सदस्यीय केन्द्रीय कमिटीमा एमाले र माओवादीबाट कतिकति हुने भन्ने प्रश्न जटिल बनेको छ । एमालेले ७०/३० को अनुपात भनेपछि माओवादी झस्किएको छ र उसले समान ५०/५० हुनु पर्ने मत अघि सारेको छ ।

Gorkha

यस्तै नेतृत्व सञ्चालन कार्यविधि पनि तय भएको छैन । केपी ओली र प्रचण्ड दुबै अध्यक्ष हुने भनिएको छ तर, दुबै अध्यक्ष कार्यकारी हुने कि एउटा सेरेमोनियल अर्को कार्यकारी हुुनु टुंगो छैन । यसमा पनि ठूलै समस्या देखिएको छ ।

Dailekh

एकीकृत पार्टीको चुनाव चिन्ह लगायतमा पनि एमाले र माओवादीबीच सहमति हुन सकेको छैन ।बैठकमा मतभेद नै पनि भएन । हल हुन बाँकी विषयहरुमा कुनै ठोस प्रगति पनि भएन । स्रोतले भन्यो, ‘तर, ‘दुई नेताको भेटले सम्वादहीनता टुटेको छ र पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको छ ।

salyan