Simta
Simta
lekbesi

तरकारी फलफुल आयात गर्दा कोरोना परिक्षन गर्न सर्वोच्चको आदेश ,

Gurvakot

जेठ ४ ,काठमान्डौ – सर्वोच्च अदालतले तरकारी र फलफूलमा विषादी र कोरोना भाइरस संक्रमण परीक्षण गरेर मात्र आयात गर्न सरकारलाई आदेश दिएको छ ।

भारत देखि अन्य देशबाट आयात हुने तरकारी फलफूलमा विषादी तथा कोभिड १९ को परिक्षन गरेर मात्र आयात गर्न न्यायाधीश दीपकुमार कार्की र हरिप्रसाद फुयालको इजलासले सरकारलाई आदेश दिएको हो।

अहिले कोरोना महामारी परिरहेको बेलापनि भारतबाट नेपालमा बिना परिक्षननै तरकारी भित्रिने गरेको छ।

lekbesi

विषादी र कोभिड,१९ परीक्षण नहुँदा उपभोक्ता अधिकार हनन भएको भन्दै अधिवक्ता मणिराम उपाध्यायसहितले सर्वोच्चमा रिट दिएका थिए ।

सर्वोच्चले आन्त्रिक रुपमै उत्पादन भएका फलफूल तथा तरकारीको विषादी तथा कोभिड १९ को उपलब्ध भएसम्मका परीक्षण सुविधा प्रयोग गरी वितरण गर्न आदेश दिएको छ ।

Simta