कोठा भाडामा बस्नेलाई जबर्जस्ति निकाले कारबाही गर्नु गृह मन्त्रालय ,

जेठ ४ ,काठमान्डौ – गृह मन्त्रालयले कोरोना नियत्रण संक्रमणको समयमा नागरिकको लागि दिन रात खटिएका स्वास्थ्यकर्मी ,सुरक्षाकर्मीलाई दुर्व्यवहार गरिए प्रशासनिक कारबाही गर्ने चेतावनी दिएको छ ।

घर भाडामा बस्ने दिनमा डिउटिबाट फर्किने सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलाई घरबेटीले प्रवेश नदिने ,रोक्ने ,निकाल्ने जस्ता धम्कि दिने गरेको गुनासो बढेपछि मन्त्रालयले यस्तो चेतावनी दिएको हो।

यस्ता किसिमका अमानवीय घटना भएमा तत्काल संलग्‍नमाथि कारबाही गर्न निर्देशन दिईएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताए।

lekbesi

कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले गरेको लकडाउन भित्र अहिले विभिन्न क्षेत्रम खटिएका स्वास्थ्यकर्मी ,सुरक्षाकर्मि, कर्मचारी ,सर्वसाधारण नागरिकमाथि पछिल्लो समय अमानवीय वेवाहार गरेको पाईएको जानकारी पछि मन्त्रालयले तत्काल यो कदम अगाडी बढाएको हो।

यस्ता गतिविधिमा संलग्नहरुलाई संक्रामक रोग २०२० र स्थानीय प्रशासन ऐन २०२८ तथा मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार कारबाही गरिने मन्त्रालयले बताएओ छ ।