नेपालमा थप ९ जनालाई कोरोन संक्रमण पुस्टि ,

जेठ ५ ,काठमान्डौ – नेपालमा अथप ९ जना कोरोना संक्रमणको पुस्टि भएको छ।

यो संगै नेपालमा कोरोना भाईरसका बिरामी ३०४ पुगेका छन् जसमा २ जनाको मृतु भईसकेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटको इशनाथ र माधवनारायण नगरपालिकामा ८ जना र बाराको करैयामाईमा १ जना कोरोना संक्रमित भेटिएका हुन् ।

lekbesi

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटको इशनाथ नगरपालिका– २, ३, ६, र ९ नम्बर वडाका निवासी २१, २१, २३, २५, २५, २९, ३० वर्षका पुरुष र माधवनारायण नगरपालिका ३ निवासी २८ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै बाराको करैयामाई ५ का ३८ वर्षका पुरुषमा पनि कोरोना संक्रमण देखिएको हो।