Simta
Simta
lekbesi

मदिरा पसलबाट चोरी गर्ने भारतीय नागरिक नवलपरासीमा रंगेहात पक्राउ ,

Gurvakot

जेठ ५ ,नवलपरासी पश्चिम – मदिरा पसलबाट चोरी गर्ने चोर रंगेहात पक्राउ परेको छ ।
नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडानं ६ हरपुर ( झुलनिपुर भन्सार चोक ) बाट बिहान तीन बजे एक भारतीय नागरिकलाई स्थानीयले पक्राउ गरेका हुन ।

पक्राउ परेका चोरलाई स्थानीयले गुठी परसौनी प्रहरी चौकीलाई बुझाएका छन् । पक्राउ परेको व्यक्ति भारत महाराजगन्ज जिल्ला झुलनिपुर गाउँको अन्दाजी १८ बर्षिय मेहताब अन्सारी रहेको बताइएको छ ।

पश्चिमी गण्डक नहरमा पानी बन्द रहेकोमा नहरको ढोकाबाट अाएको हुन सक्ने स्थानीय प्रहलाद कोइरीले बताए ।

lekbesi

चोरी भएको पसल देखि बीस मिटर नजिकै सशस्त्र प्रहरीले बोर्डरमा निगरानी गरिरहेका छन् ।

सशस्त्र प्रहरीले बोर्डरमा निगरानी बढाएको छ कि छैन भन्ने प्रश्न स्थानीयले उठाएका छन् ।

चोरले झुलनिपुरको नहरको ढोका बाट बिजय मदिरा पसल, सोनी सहानी मदिरा पसल र यादव कोल्ड ड्रिङ्स गरि तिन मदिरा पसलको पछाडि बाट र अगाडि बाट ढोकाको ताल्चा तोडफोड गरि चोरी गरेको हो ।

चोर संग ताल्चा तोड्ने हतियार समेत बरामद भएको छ । स्थानियको सोधपुछमा अन्सारीले अाफुलाई त्यहा सम्म आउन आफ्नै गाउँका दुई जनाले सघाउ पुर्याएको बताएका छन् ।

लकडाउनमा झुलनिपुर बजार बन्द रहेको तथा नहरको पानी बन्द भएको फाइदा उठाउदै त्यहा चोरी गर्ने चोर सक्रिय भएको हुन ।

स्थानीयका अनुसार जब नहरको पानी बन्द हुन्छ त्यही बेलामा बजारमा चोरी हुने गरेको हो । अहिलेसम्म उक्त बजारमा १६ / १७ पटक चोरी भइसकेको स्थानीय बताउँछन् ।

अहिले ती चोरलाई क्वारेन्टाइन पठाउने र त्यसपछि कार्यवाही प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

रबिन्द्र यादव , नवलपरासी पश्चिम

Simta