सशस्त्र प्रहरी द्वारा बरामद गरिएको सामान भन्सारमा बुझाईयो ,

जेठ ५ ,नवलपरासी पश्चिम – नवलपरासीमा सशस्त्र प्रहरी द्वारा २ लाख २५ हजार बराबरको बरामद गरेको सामान महेशपुर भन्सारमा बुझाएको छ ।

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीले लकडाउनको अवधिमा बिभिन्न नाकाहरुबाट भारत तथा नेपालबाट अबैधरुपमा ओसार पोसार गर्दै गरेको समान भन्सारमा बुझाएको बताएको हो।

दशगजाबाट बरामद गरिएको धानको बिउ,मल,मदिरा,बिषाधी, भारतिय नम्बर यु.पी.५६ एच, ९२६८ को मोटरसाईकल लगायतका चिज बस्तुहरु स्थानिय पत्रकारहरुको रोहबरमा आवश्यक कारवाहीको लागी महेशपुर भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी निरक्षक सुमन अधिकारीले बताए ।

lekbesi

लकडाउनको समयमा सिमा तस्करी तथा सिमा सुरक्षाको निगरानी पुर्ण रुपले बढाइएको साथै मानिसहरुलाई आवतजावतमा पुर्ण रुपमा रोक लगाइएको सशस्त्र प्रहरीले जनाएको हो ।

रबिन्द्र यादव ,नवलपरासी पश्चिम,