Simta
Simta
lekbesi

डा. कार्कीले काठमाडौं प्रहरीमा दिए जाहेरी ,

Gurvakot

जेठ ५ ,काठमान्डौ – वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीले आफूमाथि दुर्व्यवहार गरेको आरोपमा काठमाडौं चन्द्रागिरिका उत्तम कार्कीविरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएका छन् ।

गत शुक्रबार बिहान हेटौंडाबाट स्वास्थ्य सामग्री सहित काठमाडौं आउँदै गरेका डा. कार्कीलाई नागढुंगामा गाडी रोकेर ति युवकले दुव्र्यवहार गरेका थिए ।

तेस्तै प्रहरीले पनि डा. कार्कीमाथि पास नभएको भन्दै नागढुंगामा दुव्र्यवहार गरेर रोकेको थियो।

lekbesi

प्रहरी नजिकै रहेका ती युवकले डा.कार्कीको झोला खानतलासी अनधिकृत रुपमा गरेका थिए । उनले डा.कार्कीमाथि बोलेको भिडियो सामाजिक संजालमा पोस्ट संगै चर्को आलोचना समेत भएको थियो।

केही बेरको भनाभनपछि डा. कार्की काठमाडौं नआई हेटौंडा फर्किएका थिए । घटनाको दुई दिनपछि आइतबार ती युवकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले अभद्र व्यवहार गर्ने युवकलाई नियन्त्रणमा लिइसकेको र पीडितका तर्फबाट सोमबार बिहान जाहेरी परेको बताए ।

प्रहरीले दुव्र्यवहार गरेको बताए पनि जाहेरीमा भने डा. कार्कीले आफूमाथि त्यो कुरा उल्लेख नगरेको पाईएको छ ।

Simta