प्रतिनिधि सभामा प्रधानमन्त्रीको राजिनामा माग ,

जेठ ५ ,काठमान्डौ – कोरोना रोकथाम तथा महामारी नियन्त्रणका लागि सरकारले काम गर्न नसकेको भन्दै संघीय संसदको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गरिएको छ।

नीति तथा कार्यक्रमको छलफलमा प्रतिपक्षी दलका सांसद दिव्यमणिराज भण्डारीले जनताको ज्यान बचाउने, विदेशबाट आफ्ना बगारिक ल्याउने ,नागरिकलाई गास बसको व्यवस्था समेत गर्न नसकेको भन्दै उनले प्रधानमन्त्रीले राजिनामा दिन माग गरेका थिए।

तेस्तै प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सिमानामा अलपत्र परेका नागरिकलाई भित्र्याउन नसकेको भन्दै आलोचना गरे।

lekbesi

भारतले अतिक्रमित गरेको नेपालि भुमि यो सरकारले फिर्ता गर्ला भन्ने आफुलाई एक छेउ पनि विश्वास नरहेको थापाले बताए।

समाजवादी पार्टीका सांसद प्रदीप यादवले तत्काल नीजि अस्पताललाई राष्ट्रियकरण गरेर नागरिक बचाउन आग्रह गरे ।

सरकारले लकडाउन बढाउदै गईरहेको र संक्रमित पनि बढ्दै गईरहेको हुनाले सरकारसंग कुनै रोकथामका कार्यक्रम नरहेको समेत उनले बताए।

सरकारले सिमानाकामा नागरिक रोक्न नसकेकोले नेपालमा दैनिक संक्रमित बढेको पनि उनले बताए।