लिम्पियाधुरा सहितको नक्सा जारि पछि प्रधानमन्त्री ओलीलाई देश विदेशबाट सुभकामनाको ओईरो ,

जेठ ५ ,काठमान्डौ -नेकपा सरकारले आजदेखि देशमा नँया नक्सा जारि गरेको छ।

जसमा भारतले अतिकर्मित गरेको भू भाग लिम्पियाधुरा ,कालापानी , गुञ्जी, नाबीलाई समेटीएको छ।

यस्ती विषयम कोरोना महामारीको परिस्थितिममा पनि नेकपा सरकारले आफ्नो देशको लुटिन लागेको भू भागलाई फिर्ता गरेको भन्दै देश देखि विदेशबाट सुभकामना ओईरिएको छ।

lekbesi

नेकपाका प्रधानमन्त्री ओलीले जनताको लागि गरेको यो अर्को दोश्रो उदाहरनिय कार्य हो।

केहि वर्ष पहिले भारतले नेपाललाई गरेको नाकाबन्दिमा पनि ओली झुकेका थिएनन र आफ्नो देशको रास्ट्रीएता ,सार्वभौमसत्ता जोगाएका थिए।

ईतिहासमा राजा महाराजले नेपालि कांग्रेसले बेचेको नेपालि भू -भाग नेकपा सरकारले फिर्ता गरेको भन्दि जनताले सरकार होस् त नेकपा जस्तो भन्दै बधाई ज्ञान गरेका छन्।

कसले के भने,

पर्यटन योगेश भट्टराई लेख्छन ,

आज नेपाल सरकारको मन्त्रिपरिषदको निर्णय इतिहासको पन्नामा सुवर्ण अक्षरले त लेखिनेनै छ । आजको मिति र निर्णय युग युगसम्म हाजिरीजवाफमा सोधिने प्रश्नका रुपमा पनि अमर भईरहने छ । धन्यवाद प्रम केपी शर्मा ओली ।

नेकपाका नेता तथा पुर्व गृहमन्त्री जनार्दन शर्मा प्रभावकर,

सरकारले जारि गरेको नँया नक्सा आफ्नो वालमा राख्दै भन्छन।
हाम्रो नेपाल । धन्यवाद नेपाल सरकार र नेपाली जनतालाई ।।

पुर्व संचार मन्त्रि गोकुल बास्कोटा लेख्छन ,
धन्यवाद सरकार।लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रकाे सीमाबिवाद अब सदाकाेलागि समाधान भएकाे मात्र हाेईन त्यस क्षेत्रमा सदियाैँ बर्षदेखिकाे नेपालकाे सार्वभौमसत्ता पुनर्स्थापित समेत भएकाे छ।प्रम केपी शर्मा ओली युगयुगसम्म बाँचिरहने छन, नेपाल र नपाली रहेसम्म गाैरबसाथ।सलाम, जननायक।

शेर बहादुर खडका भन्छन 

लिम्पियाधुरा हाम्रो हो ।
लिपुलेक हाम्रो हो।
कालापानी हाम्रो हो।
सरकारले आज नेपालको नक्सा मा सार्वजनिक गरेको छ।नेपालको नक्सा सार्वजनिक गर्दा भारतलाई सोध्नु पर्ने भने माननीय कता हुनुहुन्छ होला।
सलुट छ हाम्रो सरकारलाई ।

बन मन्त्रालयका स्वकीय सचिव धिरज उपरकोटी आफ्नो सामाजिक संजालमा लेख्छन नेकपा सरकार जिन्दावाद इतिहासको सबै भन्दा ठुलो उपलब्धि,

वन मन्त्रालयका स्वकीय सचिव मुस्कान रोका लेख्छन।

आज बसेको नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा पारित गरेको छ। यो ऐतिहासिक निर्णय को लागी नेपाल सरकारलाई हार्दिक हार्दिक नमन सहित बधाई ।

सुर्खेतबाट केन्द्रिय उपाध्यक्ष
नेपाल स्वास्थ्यकर्मी संघ किरण ओली लेख्छन ,

प्रधानमन्त्री ओली काका ढोग छ।ओली का कुलदेवता चित्रालेखी र पिनालेखिले हजुरलाई सदा रक्षा गरून्।

विभिन्न बिषयमा हजुरको आलोचना भैरहेको अबस्थामा।अरु बिषयमा पछि छलफल गरौला भन्दै कोरोना नियन्त्रण र ब्यबस्थापनमा ध्यान दिन अनुरोध।

केन्द्र सरकारले स्वास्थ्यकर्मी हरु का लागि सुरक्षा सामग्री प्रयाप्त मात्रामा उपलब्ध गराउन अनुरोध।नेपालको संविधानले स्थानीय सरकार बनाउने ब्यबस्था नगरेको भए अहिले सम्म नेपालको अबस्था भयावह हुन सक्ने कुरो हजुर लगाएत सबैलाई महशुल भएको अनुरोध।

केन्द्र सरकारले आबस्यक सुरक्षा सामग्री उपलब्ध नगराउदा सैयौ प्रतिशत महंगोमा आबश्यक सामग्री हरु खरिद गरि कोरोना ब्यबस्थापनमा लाग्न स्थानीय तह बाध्य भएको अनुरोध।

सरकारले सहज र सस्तो खरिद ब्यबस्थापन गरिदिन वा आबस्यक सामग्री उपलब्ध गराउन अनुरोध।

विभिन्न सरकारी कार्यक्रम हरु को कार्यान्वयन गर्ने निकाय स्थानीय तह हो भन्ने कुरो थाहा हुदा हुँदै जम्मा बजेटको करिब १४% स्थानीय तह लाई दिने,सांसद बिकास कोषको नाममा केन्द्र र प्रदेश सांसद हरुलाई ६ देखि १० करोड सम्म दिएर सांसद हरुका कार्यकर्ता पोषने कार्यक्रम बन्द गर्न अनुरोध।

स्थानीय तहलाई कम्तिमा पनि १ अर्ब देखि माथी बजेट ब्यबस्थापन गर्न अनुरोध।कोरोनाको जोखिम बाट बास्तबमा लडिरहेका प्रत्यक स्थानीय तह हरुलाई कम्तिमा पनि ५ करोड का दरले बजेट पठाउन अनुरोध।

स्वादेशी र बिदेशी सहयोगी निकायहरुलाई अव्हान गरि कोरोनाका लागि आबस्यक सामग्री हरु उपलब्ध गराउन सहयोग माग्न र सहयोग प्राप्त हुन नसके तत्काल खरिद गरि उपलब्ध गराउन अनुरोध।ICU र भेन्टिलेटर हजारौंको संख्यामा निर्माण गर्न अनुरोध।

निजामती कर्मचारी हरुको अधिकार सहित पदस्थापना हुँदा सम्मानजनक पदस्थापना नपाएका र समायोजनमा १ तह बढुवा पाएका निजामती कर्मचारी हरु सरह बढुवा नपाई अन्यायमा परेका स्वास्थ्यकर्मी हरुलाई १ तह बढुवा गरि कोरोनाको अबधिभर घर बसेर १००% तलब खाईरहेका अन्य कर्मचारी हरु सरह कोरोना नियन्त्रण र ब्यबस्थापनमा खटिएका स्वास्थ्यकर्मी हरुलाई १००% जोखिम भत्ताको ब्यबस्थापन गर्न अनुरोध।

भारत र तेस्रो मुलुकमा रहेका नागरिक हरुलाई समयमा मुलुक भित्र फर्काएको भए संक्रमण को जोखिम कम हुने र मुलुक कोरोना संक्रमण बाट कम आक्रान्त हुने अबस्थालाई नजरअन्दाज गर्दै कामनकाजको लकडाउन गर्दा अन्तिममा अंभावित संक्रमित नागरिक मुलुकमा ल्याउन बाध्यता भएको अबस्थामा बिचल्लीमा परेका नागरिक हरु मुलुकमा ल्याउन र सिमामा आबस्यक परिक्षण गरि सम्बन्धित पालिकामा पठाउने ब्यबस्था गर्न अनुरोधका साथ जताततै बाट सकिएको साख कोरोना नियन्त्रण र ब्यबस्थापन मा बचाउन अनुरोध।जय नेपाली।जय नेपाल।

नेकपा सरकारको कार्यप्रति नेपाल अटल छ ,सुन्दर छ गौरव छ लगायतका करोडौ सुभकामना आइरहेका छन्।