कपिलवस्तुमा थप ४ जनामा कोरना पुस्टि ,

जेठ ६ ,काठमान्डौ – कपिलवस्तुमा मंगलबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मायादेवी गाउँपालिका, ४ का ३ जना र वडा नं ३ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।

मायादेवी गाउँपालिका ४ का ४०, ४२ र ४५ वर्षका पुरुष र वडा नं ३ का २० वर्षका पुरुषमा कोरोना पुस्टि भएको हो।

lekbesi

उनीहरु १४ दिनअघि भारतको मुम्बईबाट आएर मायादेवी गाउँपालिकाको जनता प्रावि बलुहवाको क्वारेन्टाइनमा बस्दै आएका थिए ।

क्वारेईनटाईनमा बसेका १६ जनाको भैरहवाको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण गर्दा ४ जनामा पोजेटिभ देखिएको पौडेलले बताए।

यो अघि नेपालमा ३७५ जनामा कोरोन पुस्टि भईसकेको छ भने दुई जनाको कोरोनाबाट मृतु भएको छ।