एमाले,माओवादी पार्टी एकता संयोजन समिति बैठक ,,

वैशाख ४ , काठमाडौं – एमाले-माअ‍ोवादी पार्टी एकता संयोजन समितिको बैठक हिजो बिना निस्कर्ष बिना टुङ्गियको थियो ।सोहि पार्टी एकता संयोजन समितिको बैठक आज पनि वालुवाटारमा जारी छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार भएको वार्ताले मंगलबार बिहान पुन: बैठक बस्ने गरि निर्णय गरेको थियो ।

आजको बैठकले नै यही वैशाख ९ गते पार्टी एकता हुने वा नहुने औपचारिक घोषणाको टुंगो लाग्ने बताइएको छ । एकता संयोजन समितिमा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य छन्।
अरु बिषयमा कुरा मिले पनि समान हैसियत र जनयुद्द शब्दमा कुरा मिलेको छैन ,अतः आजको औपचारिक बैठकले यसको टुंगो लगाउने जानकारी भयको छ ।