कर्णाली दैलेखको लक्ष्मी माविमा संक्रमित युवक संग ३९ जना संगै बस्थे ,

जेठ ६ ,काठमान्डौ – कर्णाली प्रदेशमा पहिलोपटक कोरोना संक्रमण देखिएपछि स्थानीय त्रसित छन्।

धेरैले भने प्रदेश सरकारको लापरवाहीका कारण कोरोना देखिएको आरोप लागाएका छन्। दैलेखका आठबीस नगरपालिका,१ सात्तलाका ३५ वर्षीय युवकमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

ति युवक भारतको आग्राबाट आएको र जेठ १ गते गाँउ आईपुगेका थिए। सात्तला स्थित लक्ष्मी माध्यामिक विद्यालयमा बनाइएको क्वारेन्टाइमा बसेका ती युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

lekbesi

संक्रमित युवकसंगै क्वारेन्टाइनमा ३९ जना बस्दै आएका छन् । भेरी अस्पताल नेपालगन्जस्थित प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

ति युवकको कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजिटिभ देखिएको थियो।

भारतले रेल सेवा सुरु गरेपछि नेपालिहारी स्वदेश भित्रिने क्रम जारि छ।