प्रधानमन्त्रीलाई उभिएर बोल्दा गारो भएपछि कुर्सिको व्यवस्था ,

जेठ ६ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा असहज महसुस भएको छ ।

उनले स्वास्थ्यका कारण आफूलाई उभिएर बोल्न गाह्रो भएको बताए ।ओलीलव भनेका थिए सम्माननीय सभामुख महोदय मलाई उभिएर बोल्न गारो भएको छ।

प्रधानमन्त्रीलाई गाह्रो भएपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद्का महासचिवलाई कुर्सीको व्यवस्था गरिदिन निर्देशन दिएका थिए ।

lekbesi

रोष्ट्रममा उभिएर बोलिरहेका प्रधानमन्त्रीलाई कुर्सीको व्यवस्था गरिएको छ । उनले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिइरहेका छन् ।