सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम पारित ,

जेठ ६ ,काठमान्डौ – सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।

गत जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम २ दिनको छलफलपछि पारित भएको हो ।

नीति तथा कार्यक्रमअघि सांसदहरुबीच छलफल भएको थियो भने छलफलमा उठेको प्रश्नबारे आजै प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएका थिए ।

lekbesi

प्रधानमन्त्रीको जवाफलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गरेकोमा बहुमतले पारित भएको घोषणा गरिएको हो ।

नीति तथा कार्यक्रम पारित भएसँगै संसद बैठक स्थगित गरिएको छ । प्रतिनिधि सभाको अब अर्को बैठक १३ गरे मंगलबार दिनको १ बजे बस्ने छ।