Simta
Simta
lekbesi

कोरोना संक्रमण हुन नदिन कर्णाली सरकारको थप उच्च सतर्कता ,

Gurvakot

जेठ ६ ,काठमान्डौ – कर्णाली प्रदेश सरकरले प्रदेशमा कोरोना संक्रमण रोक्न थप उच्च सतर्कता अपनाएको छ।

विश्वमा फैलीएको महामारी कोरोना नेपालका सातवटै प्रदेशमा फैलीएको छ। हाल सम्म कर्णाली प्रदेशमा कोरोना फेला नपरेपनि हिजो मात्र दैलेखको आठ्बिसकोट १ सात्तलाका ३५ वर्षीय युवकमा हिजोमात्र कोरोना पुस्टि भएको थियो ।

अन्य प्रदेशको संख्या हेरेर भने यो निम्न हो तर थप सावधान नरहे खतराको घन्टी पनि हो भन्ने आम नागरिकको बुझाई छ।

lekbesi

कर्णालीका संक्रमित युवक भारतको आग्राबाट आएका थिए। कर्णालीलाई पनि कोरोनाले छोयपछि मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले नगरपालिका,गाँउपालिका स्थानीय तहमा थप विशेष पहल गरेका छन्।

कर्णाली प्रदेशमा कोरोना फैलिन नदिने उदेश्यका साथ थप रोकथाम र उच्च सतर्कताका साथ् काम भईरहेको शाहीले बताए।

प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानमा आरटिडि र पिसीआर मेशिन सहितको प्रयोगशाला स्थापना र दक्षजनशक्तिबाट परिक्षन कार्य भईरहेको पनि उनले बताए।

प्रदेशमा परिक्षन गरिएका आरटि र पिसिआरको रिफरेन्स ल्याबमा पठाउनुपर्ने प्रावधान बमोजिमनै १० प्रतिशत नेगेटिभ र पोजेटिभ स्वाम्बल नेपालगंजमा पठाईने गरेको र यो नियमित प्रक्रिया रहेको पनि शाहीले बताए।

तेस्तै अब देखि स्वदेश देखि विदेशबाट प्रदेशमा भित्रिने नागरिकको प्रदेश सिमाबाटनै नामदर्ता वा ईतिहासिक अभिलेखीकरण आरटिडि गरेर मात्र सम्बन्धित स्थानीय तहमा पठाउने छ।

प्रदेश स्थानीय तहमा क्वारेईनटाईनमा राखिने र आरटिडि पिसिआर गरेर रिपोर्ट नेगेटिभ आए घर पठाईने पनि प्रदेशले बताएको छ।

प्रदेशमा दुवै स्तरका परिक्षन यो भन्दा अगाडी पनि सक्रिय रुपमा भईरहेका र संक्रमित मुलुकबाट नागरिक बढ्नथालेपछि स्थानीय वडास्तरमा परिक्षनको मात्रा बढाईएको समेत मुख्यमन्त्री शाहीले बताए।

यो कठिनाई पूर्णमा दिनरात खटिरहेका स्वास्थ्यकर्मी ,सुरक्षाकर्मि ,स्थानीय तह प्रसासनले बन्दाबन्दिको समयभर कस्टकरको सामना गर्नुपरेकोमा पनि उनले हार्दिक धन्यवाद दिए।

कर्णाली प्रदेशबाट रोजगारीको लागि सिमा नाकामा अलपत्र परेका नागरिकलाई प्रदेशमा भित्र्याउदा विशेष सुरक्ष अपनाइने र प्रदेश देखि विभिन्न तहका क्वारेईनटाईनमा राखिने पनि उनले जानकारी दिए।

विषम परिस्तिथिमा अलपत्र परेका नागरिकलाई उद्दार गर्नु सरकारको दायित्व रहेको मुख्य मन्त्रि महेन्द्र बाहदुर शाहीले बताए।

यो परिस्तिथि सामान्य नहुँदासम्म धैर्य गर्न ,संक्रमणबाट बच्न उच्च सतर्कता अपनाई सरकारलाई सहयोग गरिदिन सामाजिक विकास मन्त्रि दल रावलले बताए।

Simta