रुपैडिहा नाकामा अलपत्र परेका हजारौ नेपालि नागरिक विचल्लीमा आन्दोलनको तयारी ,

जेठ ६ ,काठमान्डौ – कोरोना संक्रमणको बन्दबन्दिले नेपाल भारत सिमानाकामा अलपत्र परेका नेपालीलाई दुर्व्यबहार गरेको पाईएको छ।

रुपैडिहा बोर्डर देखि ३ किलोमिटर सिमावर्ति पीजी कलेजमा हजारौ नेपालि अलपत्र छन्।

नेपाल सरकारले सिमानाकाबाट भित्रिन नदिएपछि भारतले उनीहरुलाई उक्त कलेजमा क्वारेईनटाईनको नाम राखेको छ।

lekbesi

उक्त कलेजमा लगातार ४ सय देखि ५ सयको हाराहारीमा नेपालि नागरिकलाई संगै बसालेर खानदिने गरिएपनि संक्रमण रहे नरहेको सहिले सम्म कसैलाई अत्तो पत्तो छैन।

बच्चा ,गर्भवती समेत सयौको संख्यामा उक्त क्वारेईनटाईनमा अलपत्र छन्। नसुत्ने ठाँउ,नखाने ठाँउ दैनिक जसो भारतीय सुरक्षाकर्मिले गालि बेजती समेत गर्ने गरेको बताईएको छ।

टाढैबाट खानको थाल फाल्दिने ,अबर्ध व्यवहार गर्ने गरेको समेत उक्त क्वारेईनटाईनमा बसेका कर्णाली प्रदेश बनगाड कुपिण्डे नगरपालिका ११ ढोरपिपल सल्यानका युवक रतन बहादुर परिवारले रंग दर्पणलाई बताए।

हजारौ नेपालि छन् ,यौटा जमिनबाट पानि तान्ने हेण्ड्पप्म छ चारवटा ट्वैइलेट छन् ,खाना दिन्छ ४ सय को हाराहारीमा लगातार कोलियामा बसालेर यसमा संक्रमित छन् वा छैन्न हामीलाई थाहा भएन कसैको चेक जांच छैन उनले भने।

एदि एक जनालाई रैछ भनेपनि कोहि बाँकी नरहने उनले बताए। कति त भागेर चोर बाटो हुँदै नेपाल पसे हामीलाई थाहा छैन यसमा तत्काल नेपाल सरकारको ध्यान जान जरुरि छ उनले भने।

रातभरि मच्चरको टोकाई र फोहर वेवास्थापन हुन नसक्दा झनै विभिनन प्रकारका रोगले आक्रमण गर्नसक्ने समेत उक्त क्षेतर्मा देखिएको छ।

नेपाल सरकारले आफ्नै सिमामा लगेर खुल्ला आकाशमा राखेपनि आफुहरु बस्न तयार रहेको समेत नेपालि नागरिक बताउछन।

भारतबाट पनि आउन नदिने र नेपाल सरकारले पनि चासो नराख्ने हो भने धेरै ज्यान जानसक्ने समेत बताईएको छ।

साथै नेपालिहरुले तत्काल नेपाल सरकारले उद्दार नगरे तेहीबाट आन्दोलन सुरु गर्ने समेत बताएका छन्।

नेपालि नागरिकलाई भारतका विभिन्न क्षेत्रमा अपहेलना खेप्नु परेको समेत उनीहरु बताउछन।

प्रधानमन्त्री केपी शर्मा ओलीले आजको संसदमा पनि नेपालि नागरिकको उद्दार बारे कुनै ठोस जवाफ नदिएपछि सांसदहरु आक्रोस पोखिरहेका छन्।