सुर्खेत छिन्चुको मदानीचौरमा भारतबाट उद्दार गरिएका नागरिक राख्न नमिल्ने भन्दै स्थानीयको आन्दोलन ,

जेठ ६ ,काठमान्डौ – कर्णाली प्रदेश सुर्खेत छिन्चुको मदानीचौर मेला लाग्ने चौरमा भारतबाट आएक नेपाली नागरिकलाई राख्न नदिने भन्दै स्थानीयले आन्दोलन गरेका छन्।

प्रदेश सरकारले भारतबाट आएका नागरिकलाई भेरीगङ्गा छिन्छुको वडा न १० र १२ को बिचमा पर्ने मदानिचौर शारदा माबिमा क्वारेन्टीन र स्वास्थ्यचौकीमा स्क्रिनिङ सेन्टर स्थापना गर्न खोजेको थियो ।

क्वारेईनटाईन बनाउने र नागरिकलाई राख्ने बताएपछि स्थानीयले आक्रोश पोखेका हुन्।

lekbesi

उक्त क्षेत्रमा कोरोनाको महामारी फैलिनसक्ने भन्दै क्वारेईनटाईनको विकल्प सरकारले अन्तै खोज्न पनि उनीहरुले सुझाव दिएका छन् ।

भारतबाट उक्त क्षेत्रमा करिब ६० हजारको हाराहारीमा नागरिक भित्रिने बताएपछि भेरीगङ्गा निवासीका स्थानीयले आज बिहानैदेखि आन्दोलन गरेका थिए।

स्थानीय निवासी समाजसेवी अमर बिकको अगुवाईमा भएको आन्दोलन करी २ बजे स्थगित भएको थियो।

स्थानीय नागरिक प्रसाशन ,नगरपालिका प्रमुख ,समाजसेवी सर्वदलिय बैठकको छलपलपछि क्वारेईनटाईनको विकल्प अन्तै खोज्ने बताईएपछि आन्दोलन स्थगित भएको थियो।

पत्रकार सम्मेलन गर्दै नगर प्रमुख भुपेन्दबहादुर चन्दले छिन्चुको ब्यस्त बजार र शहरी ईलाकामा क्वारेन्टाइन राख्ने कदमको नगरबासी, स्थानीयबासीबाट व्यापक विरोध र आवाज उठेकोले नगरपालिकालाई प्रदेश सरकारको निर्णय स्विकार्य नभएको बताएका थिए ।

कर्णाली प्रदेशमा हिजो भारतबाट आएका एक युवकमा कोरोना पुस्टि भएसंगै प्रदेशका विभिनन जिल्ला स्थानीय नागरिक त्रसित छन्।

हाल सम्म नेपालमा ४०२ जनामा कोरोना संक्रमण फेला परेको छ ति मध्ये २ जनाको मृतु भईसकेको छ भने दैनिक जसो संक्रमित बढ्दो क्रममा देखिएका छन्।