कालिमाटी प्रहरी वृत पुरै सिल ,

जेठ ७ ,काठमान्डौ – काठमान्डौ महानगरीय प्रहरी वृत्त, कालिमाटीमा कार्यरत एक प्रहरी सहायक निरीक्षक (सई) र प्रहरी जवानमा कोरोनाको संक्रमण पोजेटिभ देखिएपछि प्रहरीका ६ वटा इकाइ सिल गरिएको छ ।

मंगलबार रातिदेखि महानगरीय ट्राफिक प्रहरी प्रभाग र महिला सेललाई सिल गरिएको हो ।

वृत्तमा २ सयभन्दा बढी प्रहरी कार्यरत रहेको र आज सबै प्रहरीको स्वाबको नमुना संकलन गर्न लागिएको कालीमाटी प्रहरी प्रमुख डीएसपी रुगम कुँवरले रंग दर्पणलाई जानकारी दिए।

lekbesi

हिजो कोरोना संक्रमण देखिएका दुई प्रहरी जवानसंगै ९० जना रहने गरेको खुलेको पनि उनले बताए।