नवलपरासी पश्चिमको सुस्तामा थप एक जनामा कोरोना संक्रमण पुष्टि ,

जेठ ७ ,नवलपरासी पश्चिम – नवलपरासी पश्चिममा दोस्रो व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।

नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका वडा नं ५ बेलवानीका २६ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमका प्रमुख गौरव ढकालले जानकारी दिएका छन् ।

यो सँगै नवलपरासी पश्चिममा कारोना संक्रमितको संङ्ख्या २ पुगेको हो ।

lekbesi

काठमाडौं स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा गरिएको पीसिआर परिक्षणबाट संक्रमण पुष्टि भएको हो । संक्रमित युवा केहीदिन अघि भारत को बुम्बई बाट आएका थिए ।

सुस्ता गाँउपालीकाको क्वारेन्टाईनमाबाट पछिल्लो पटक ५५ जनाको स्वाब संलकन गरि परिक्षणका लागि काठमाडौं पठाईएकोमा एक जनामा कारोना पोजिटिभ देखिएको हो भने ४० जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।

अरु बाँकिको रिर्पोट बुधवार आउने स्वास्थ्य कार्यालयका प्रमुख ढकालले बताए । जिल्ला स्वास्थ्य कार्यालबाट कन्ट्रयाक ट्रेसिङका लागि स्वास्थ्यकर्मी सहितको टोली सुस्ता तर्फ गइरहेको छ ।

संक्रमित भेटिएको क्षेत्रमा गएर स्वास्थ्यकर्मीको टोलीले थप अनुसान्धान गर्ने जन स्वास्थ्य कार्यालयले जनाएको छ । अहिले बेलवानी स्थित रहेको क्वारेन्टाइनमा प्रहरी पुगि सकेको छ ।

यसअघि प्रतापपुर गाउँपालिका वडा नं ५ बडकी बैदौलीका एक ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको अहिले भैरहवामा रहेको भिम अस्पतालको आईसोलेसनमा उपचार भैरहेको छ र वहाको स्वास्थ्य अवस्था सामान्य रहेको स्रोतले जनाएको छ ।

रबिन्द्र यादव ,नवलपरासी पश्चिम,