दिन रात गाडीका गाडी कुकुरा तस्करी , बर्डफ्लुको उच्च जोखिममा नेपाल ,,
वैशाख ४ , लहान – सरकारले भारतबाट पन्क्षि तथा पन्क्षिजन्य पदार्थ ल्याउन प्रतिबन्ध लगाए पनि भारत बाट दिन रात गाडी का गाडी कुखुरा भित्रिने गरेका छन् भारतका विभिन्न नाका बाट नेपालमा कुखुरा भित्र्याने गिरोहो सक्रिय देखियको छ । बरियारपट्टी, झाझपट्टी, माडर, ठाडी, कुसन्डीलगायत नाकाबाट खुलेआम कुखुरा तस्करी हुने गरेको हो।
सीमामा खटियका प्रहरीको मिलेमतोमा कुखुरा भित्रिने गरेको स्थानीय बताउछन।’ कुसन्डीका रामप्रसाद यादवले झाझपट्टी नाकाबाट दैनिक २० देखि २५ भ्यान कुखुरा तस्करी भई लहान पुग्ने गरेको सुनाए। ‘पहिले अँध्यारोमा तस्करी हुन्थ्यो’‘अहिले त दिउँसै तस्करी हुन थालेको छ , उनले भने, । भारतमा कुखुरा केजीको ५० रुपैयाँ पर्छ नेपालमा केजीको तीनसय पचास देखि चार सय सम्म पर्ने गर्दछ।
कुखुरा तस्करीमा साइकल, मोटरसाइकल र भ्यान प्रयोग हुने गरेको छ। भन्सार टोलीले माघ २५ गते मध्यरात लगठी गोठ नाकाबाट १० भ्यान कुखुरा लोड गरिएको अवस्थामा बरामद गरेको थियो। तर, तस्करलाई भने प्रहरीले पक्राउ गर्न सकेन। त्यसपछि प्रहरीले फागुन १७ गते सोही क्षेत्रबाट जिपसहित ८ लाख ५० हजार रुपैयाँ बराबरको कुखुरा र एक तस्कर पक्राउ गरेको थियो।
क्वारेन्टाइनको सिफारिसमा सरकारले भारतबाट कुखुरा भित्र्याउन प्रतिबन्ध लगाएको हो। तस्करी किन भइरहेको छ भन्ने क्वारेन्टाइनसँगै सोध्नुस्। राजेन्द्र हमाल, जिल्ला भन्सार प्रमुख
लगडी गोठ, झाझपट्टी र बरियारपट्टी नाका कुखुरा तस्करले बढी प्रयोग गर्ने गरेको जनाइएको छ। तस्करी रोक्ने निकायले नै महिनापिच्छे असुल गर्ने गरेको एक व्यापारीले बताए। ‘प्रहरीले चाहे एउटा कुखुरा पनि ल्याउन मुस्किल छ तर गाडीका गाडी कसरी ल्याउँछन् ? ’, उनले भने, ‘तपाईं नै अनुमान लगाउनुस्, अब बढी भन्न सकिँदैन।’ महिनावारी असुल्न सजिलो पार्नका लागि मात्र प्रहरी-प्रशासनले कहिलेकाहीं कुखुरा बरामद गर्ने गरेको उनको दाबी छ।
सीमावर्ती बजारमा भारतबाट अवैध रूपमा आयातीय अन्डासमेत बिक्रीवितरण हुने गरेको छ। चोकमा टेबल राखेर त्यसमाथि खुलेआम भारतीय सेतो अन्डा खरिदबिक्री भइरहे पनि त्यसतर्फ कसैको ध्यान गएको छैन, जसका कारण सीमावर्ती क्षेत्र बर्डफ्लुको उच्च जोखिममा छन्। भगवानपुर, माडर, बरियारपट्टी, ठाडी, जिझौललगायत बजारमा भारतीय अन्डा खुलेआम खरिदबिक्री हुने गरेको हो।
जिल्ला भन्सार कार्यालय माडरका प्रमुख राजेन्द्र हमालले कुखुराको तस्करी मौलाएको स्वीकार गरेका छन्। ‘क्वारेन्टाइन अफिसको सिफारिसमा सरकारले भारतबाट कुखुरा भित्र्याउन प्रतिबन्ध लगाएको हो’, उनले भने, ‘त्यसैले तस्करी किन भइरहेको छ भन्ने क्वारेन्टाइन कार्यालयसँगै प्रश्न गर्नुस्।’ सम्बन्धित सबै निकायले चाहे मात्र तस्करी नियन्त्रण हुने उनको भनाइ छ।
माडरस्थित क्वारेन्टाइन प्रमुख चन्द्रकिशोर यादवले भारतीय कुखुरा र अन्डो तस्करी नियन्त्रण गर्न नसकिएको स्वीकार गरे। ‘हामीले गस्ती गरेर तस्करी नियन्त्रण गर्न सम्भव छैन’, उनले भने, ‘सीमा क्षेत्रमा खटिएका प्रहरीले तस्करी रोक्नुपर्ने हो।’ तस्करी रोक्न सम्बन्धित निकायका प्रमुखहरूको बैठक लामो समयदेखि बस्न नसकेकाले पनि समस्या भइरहेको उनको भनाइ छ।
सिरहाका प्रहरी प्रवक्ता डीएसपी राजन भेटवालले प्रतिबन्धित कुखुरा र अन्डाको तस्करी हुन नदिन नाकाहरूमा कडाइ गरिएको बताए। केही दिनअघि भारतबाट अवैध रूपमा भित्र्याउन लागेको ठूलो परिमाणमा कुखुरा र अन्डासमेत बरामद गरिएको दाबी उनले गरे। भने, ‘तस्करी गर्न कसैलाई छुट छैन। तस्करीमा संलग्न जो कोहीलाई पनि पक्राउ गरेर कारबाही गर्छौं।’