बेपत्ता योद्धाका योगदानले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको चरणमा छ प्रचण्ड ,

जेठ ७ ,काठमान्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वेपत्ता योद्धाका योगदान र संघर्षले आज मुलूक संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्याससहित समाजवादी क्रान्तिको तयारीको चरणमा पुगेको बताउनु भएको छ ।

वेपत्ता योद्धाहरुको स्मृति दिवसमा विज्ञप्ति जारि गर्दै उनीहरुमा उच्च सम्मान र परिवारमा हार्दिक कृतज्ञता व्यक्त गर्दै प्रचण्डले यस्तो बताउनु भएको हो।

सशस्त्र र शान्तिपूर्ण आन्दोलनका क्रममा बेपत्ता योद्धाहरुको त्याग र समर्पणको क्रान्तिका बाँकी कार्यभार कम्युनिष्ट क्रान्तिकारीहरुले पूरा गर्ने प्रतिवद्धता रहेको पनि उँहाले बतानुभयो ।

lekbesi

तेस्तै बेपत्ता योद्धाका योगदानको बेपत्ता परिवारको अभिभावकत्व र तिनका सन्नतिहरुको शिक्षादीक्षा एवम् भविष्य निर्माणका सन्दर्भमा उचित नीति, योजना र कार्यक्रम प्रस्तुत गर्न नेकपा पार्टी नेतृत्वको वर्तमान सरकारको ध्यानाकर्षण भएको पनि प्रचण्डले बताउनु भएको हो।