तिन वर्षीय बालिकालाई पनि कोरोना पुस्टि ,

जेठ ७ ,काठमान्डौ – नेपालमा तिन वर्षीय बालिकालाई पनि कोरोना संक्रमणको पुस्टि भएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

नेपालमा आज एकै दीन २५ जनामा कोरोना संक्रमण फेला परेको थियो। ति मध्ये कपिलवस्तुमा ३ वर्षीय बालिकालाई कोरोना पुस्टि भएको मन्त्रालयले दिएको हो।

आज कपिलवस्तुमा १३,बाँकेमा ६ जना ,धनकुटा ५ र नवलपारासी पश्चिममा १ गरि २५ जनामा संक्रमण फेला परेको छ।

lekbesi

यो संगै नेपालमा ४२७ जना संक्रमित छन् भने ति मध्ये २ जनाको मृतु भएको छ। हाल सम्म नेपालमा कोरोन संक्रमणबाट निको हेको संख्या ४५ पुगेको छ।

आज विराटनगरको कोशी अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमित निको भएर घर फर्कीएसंगै निको हुनेको संख्या ४५ पुगेको हो।

ति मध्ये ५ जना भारतीय जमाती र ३ जना उदयपुरको भुल्केका वासिन्‍दा छन् ।