बङ्गलाकाे खाडीमा बनेको शक्तिशाली चक्रवातले नेपालमा देखिएको दृश्य ,

जेठ ७ ,काठमान्डौ – बङ्गालको खाडीमा बनेको शक्तिशाली चक्रवातको नेपालमा अप्रत्यक्ष प्रभाव परेको बताएको छ ।

अम्पुन नामक शक्तिशाली चक्रवातको प्रभावले विशेष गरी नेपालको पूर्वी क्षेत्रमा केही प्रभाव परेको मौसमविद् सजिना शाक्यले बताईन ।

lekbesi

अहिले पूर्वी क्षेत्र र पश्चिमी क्षेत्रमा हावा हुरी सहितको वर्षा भएको छ। चक्रवात र वायुको प्रभावले काठमाण्डाैसहित मध्य र पश्चिमका पहाडी क्षेत्रमा पनि मौसम बदली भएको कुनै क्षेत्रमा पानि परेको छ भने आकाशको रंगनै बदलीएको छ।

अहिले बङ्गालको खाडीमा अम्पुन नामक चक्रवातको प्रभावकाे कारण पूर्वी र केही मध्य क्षेत्रमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

यो चक्रवात करिब ३ दिन सम्म रहने पनि मौसमविद्ले जानकारी दिएका हुन्।