एपीवान टेलिभिजनको पत्रकार परिचयपत्र देखाएर चोरि गर्ने पक्राउ ,

जेठ ७ ,काठमान्डौ – लकडाउनको बेला एपीवान टेलिभिजनको लोगो दुरुपयोग गर्दै चोरी गर्ने दुई जनालाई अपराध महाशाखाले पक्राउ गरेको छ।

महानगरीय प्रहरी अपराध महाशाखा र महानगरिय प्रहरी बृत्त गौशालाबाट खटिएको संयुक्त विशेष टोलीले राजधानीका विभिन्न ठाउँमा चोरी गरेको आरोपमा एपीवानको कार्ड दुरुपयोग गर्दै चोरीमा संलग्न एक र अर्को एक जनालाई  नियन्त्रणमा लिएको हो।

काठमान्डौमा लकडाउनको बेला विभिन्न क्षेत्रमा चोरि भएका घटना भए संगै प्रहरीले अनुसन्धान तिव्र पारेको छ।

lekbesi

यस्तै उपत्यकाभित्र रहेका विभिन्न स्थानमा चोरीका घटनामा संलग्न हिमाल रसाइली र अली आलम मिया पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका १४ घर भइ काठमाडौं धुम्बाराही बस्ने २१ वर्षीय रिजाल हिमाल, हम्मे र अलि आलम मिया छन् ,२८ वर्षीय मिया बाराको बड्की फूलबारी गाउँपालिका ३ घर भइ काठमाडौंको ओमबहालमा बस्दै आईरहेका छन्।

प्रहरीले उनीहरुको साथबाट ल्यापटप, आइप्याड, ५३ हजार रुपैयाँ नगर, ३ सय अमेरिकी डलर, धारिलो हतियार, क्यामेरा बरामद गरेको छ।

उनीहरुले चोरीको आशंका लागेर सोधीखोजी गर्दा एपीवान टेलिभिजनको प्रेस कार्ड देखाएर उम्कन प्रयास गरेको अनुसन्धानबाट खुलेको छ।

उक्त कार्ड नक्कली भएको खुलेपछि प्रहरीले अनुसन्धानको दायर थप बढाएको छ। एपीवान टेलिभिजनका कार्यकारी उपाध्यक्ष राजेन्द्र शाक्यले यो विषयमा गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत् जानकारी गराएका छन्।

टेलिभिजनको अनलाइन ग्राफिक्स विभागमा कार्यरत शुशान शाहीको परिचयपत्र नक्कली बनाएर दुरुपयोग भएको भन्दै उनले परिचयपत्रको दुरुपयोग गरेर चोरी गर्नेमाथि थप अनुसन्धान र कारवाहीका लागि प्रहरीमा उजुरी दिएको प्रष्ट पारेका छन्। पक्राउ परेका दुवैलाई गौशाला प्रहरी वृत्तले अनुसन्धान गरिरहेको छ।