कर्णाली प्रदेशका १७ सय नेपालि रुपैडिहा नाकाबाट भित्रिए ,

जेठ ७ ,काठमान्डौ – महिनौ अगाडीदेखि लकडाउनले अलपत्र परेका १७ सय भन्दा बढी नेपालिलाई नेपालगंज जमुनाहा नाका भन्सारबाट नेपाल भित्र्याईएको छ।

उनीहरु धेरै जस्तो कर्णाली प्रदेश सुर्खेत ,दैलिख ,जाजरकोट ,सल्यानका रहेको बताईएको छ। रोजगारीको लागि भारत पुगेका उनीहरु कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको बन्दाबन्दिले उनीहरु अलपत्र परेका हुन्।

उनीहरुलाई नेपालगंजबाट गाडी पास मिलायर सम्बन्धित जिल्लामा जाने गाडीमा राखीएको जमुहाना चौकीका ईन्चार्ज माधव रिजालले बताएका हुन्।

lekbesi

भन्सारबाट नेपाल प्रहरी ,सशस्त्र ,स्थानीय लगायतको पहलमा उनीहरुलाई उद्दार गरिएको हो।उद्दार गरिएका कुनैपनि नेपालि नागरिकलाई कोरोना चेक जाँच गरिएको छैन,भने सामाजिक दुरीपनि कायम रहेको छैन।

तेस्तै नेपालगंजमा रहेका भारतीय नागरिकलाई पनि भारत तर्फ पठाईएको रुपैडिहा नाकाबाट संचारकर्मी तुलबीर बिकले रंग दर्पणलाई जानकारी दिए।

तेस्तै सुनौल नाकामा हजारौ नेपालि अलपत्र छन्। उनीहरु नेपाल भित्रिन नपाएपछि प्रधानमन्त्री केपी शर्मा ओली विरुद्द नाराबाजी गरेका छन्।

उनीहरुले भारत सरकारलाई हाई हाई गरेका छन् भने केपी ओली मुर्दावाद भन्दै नारा लगाएका छन्।