गुल्मीका कोरोना संक्रमितको मृतु मृतकको संख्या ३ पुग्यो ,

जेठ ८ ,काठमान्डौ – रुपन्देहीको मणिग्राममा उपचाररत गुल्मीका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

भेन्टिलेटरमा उपचार भइरहेको उनको बिहीबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनको आज ७ बजे मृतु भएको प्रदेश ५ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा उमाशंकर चौधरीले पुस्टि गरेका छन्।

lekbesi

मृतक गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ का ४१ वर्षका रहेका छन् ।गत जेठ १ गते उनी अस्पतालमा भर्ना भएका थिए भने २ गते उनको स्वाब परीक्षणमा कोरोना संक्रमण देखिएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाले पुष्टि गरेको थियो ।

अस्पताल भर्ना गर्दापनि उनको स्वास्थ्य अवस्था गम्भीर भएको जनाईएको थियो। हिजोनै उनको मृतु भयो भनि विभिन्न समाचार माध्याममा आएपनि अस्पतालले उनको अवस्था स्थिर रहेको विज्ञप्ति जारि गरेको थियो।

यो संगै नेपालमा अम्रिताक्को संख्या ३ पुगेको छ भने संक्रमितको संख्या ४४४ पुगेको छ। जसमध्य ४५ जना निको भएर घर फर्केका छन्।

तेस्तै हाल नेपालमा दैनिक जसो कोरोन संक्रमित बढ्दो क्रममा देखिने गरेको पाईएको छ।