फेरी दश लाख फालेर दुई जना भागे ,

जेठ ८ ,रौतहट – रौतहटको सिमावर्ती नगरपालिका ईशनाथमा १० लाख नगद र ना ५४ प २११६ नम्बरको एउटा मोटरसाईकल प्रहरीले बरामद गरेको छ।

आज बिहान ६ :३० बजे ईशनाथ नगरपालिका,९ स्थित नहरको बाटोमा मोटरसाईकलको आगाडी राखेको कपडाको झोलामा केही सामान लिएर औरैयाबाट कुडियातर्फ गइरहेका दुई जनालाई चेक जाँच गर्न पिछा गरेको थियो।

तर ति युवाहरु १० लाख रुपैयाँ र मोटरसाईकल छोडेर भागेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रबीराज खड्काले बताए।

lekbesi

उक्त झोलामा एक/एक हजारको ८ गड्डी र पाँच/पाँचसयको ४ गड्डी र १० हजार खुद्रा रकम रहेको असई ललित साहले जानकारी दिए ।

एसपी रबीराज खड्काका अनुसार लकडाउनमा लुकिछिपी भारतीय सामान खरिद गर्न जाने क्रममा प्रहरीलाई देखेर जाँच गर्न खोज्दा तस्करले पैसा छोडेर जानसक्ने बताईएको छ। उनका अनुसार थप अनुसन्धान भईरहेको छ।