Simta
Simta
lekbesi

नेकपा सरकारको ज्यादती एकल महिला अपाङ्गताको भत्ता रोकेपछि सर्वोच्चमा रिट दायर ,

अपाङ्गहरु चैत महिनाबाट रकम आउने आशामा तर सरकारले भने कटौती लिली थापा,

Gurvakot

जेठ ८ ,काठमान्डौ – नेकपा सरकारले अपाङ्गता एकल महिलाले पाउँदै आईरहेको सामाजिक सुरक्षा भत्ता रोकेपछि सर्वोच्चमा रित दायर गरिने भएको छ।

आफुहरुलाई जानकारीनै नदिएर सुविधा कटौति गरेको भन्दै मानव अधिकारका लागि महिला, र महिला एकल समूहले सर्वोच्चमा रिट दायर गर्न लागेको समूहका अधयक्ष लिली थापाले बताईन ।

उनीहरुले गृह मन्त्रालयले ९० वर्ष मुनिका एकल महिला र निलो कार्ड प्राप्त अपांगता भएका व्याक्तिहरुको भत्ता रोक्न स्थानितह लाई पत्र पाठाएपछि मात्र सुविधा कटौती भएको जानकारी भएको बताएका छन्।

lekbesi

सरकारले आर्थिक वर्ष २०३७। २०७६ को विपन्न र आशयसम्बन्धि ऐन तर्जुमा गर्ने भन्दै सुविधा कटौती गरेको तर आफुहरुलाई कुनै जानकारी नभएको थापाले बताईन।

जसबाट ३ लाख ५० हजार एकल महिला र करिब ७० हजार अपांगता भएका व्यक्ति भत्ता पाउनबाट बञ्चित भएका छन् ।

गत चैत देखिनु सरकारले सुविधा कटौती गरिसकेको र आफुहरुलाई जानकारी नभएको अध्यक्ष थापाले बताईन।सरकारले थप सुविधा दिने बेला दिएको सुविधा कटौती गर्नु गलत भएको उनले बताईन।

सरकारको तथ्यांकअनुसार हाल देशभर २ लाख व्यक्तिहरुले अपांगता परिचयपत्र लिएकोमा ५१ हजार ९ सय ४ जनाले पूर्ण अपांगता भएका र ९७ हजार अतिअशक्त अपांगता भएका व्यक्तिले सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन् भने ६ लाख एकल महिलाहरु रहेका छन् ।

अहिले जिल्लामा रहेका एकल महिलाहरु ,अपांगत भएका व्यक्तिहरु छलफल गरिरहेको र एकल महिला र अपांगता भएका व्यक्तिमाथि सरकारलाई अन्याय गर्न नदिने अध्यक्ष लिली थापाले बताईन ।

Simta