हामि जंगलमा छौ उद्दार कहिले हुन्छ सरकार ,

जेठ ९ ,काठमान्डौ – प्रदेश न . ७ को कैलालीको गौरीफनटा नाकामामा हजारौको संख्यामा नेपाली नागरिक अलपत्र छन्।

उनीहरु भारतको विभिनन स्थानबाट नेपाल भारतको सिमानामा आईपुगेका हुन्।

कोरोना संक्रमणको महामारीबाट बच्न नेपाल सरकारले गरेको बन्दाबन्दिले गर्दा उनीहरु सिमामा अलपत्र छन्।

भारतमा मजदुरीको लागि पुगेका कोरोनाका कारण भारत सरकारले गरेको लकडाउनले उनीहरुको रोजगार ,कम्पनि ,फ्याक्ट्री ,उधोग कलकारखाना बन्द भएपछि बस्ने खाने ठाँउ नहुँदा उनीहरु भारतबाट हिडेर नेपालको सिमानामा आईपुगेका हुन्।

महिनौबाट उनीहरु सिमानाकको जंगलमा भोकभोकै छन् ,नेपाल सरकारले उद्दार गर्ने भनेपनि हाल सम्म उद्दार नगरेको उनीहरु बताउछन।

जंगलमा पानि समेत खान नपाउने ,महिला ,बालबालिका ,गर्भवती वृद्हरु बिरामी परेको समेत उनीहरु बताउछन।

रातभर मच्चरको टोकाई ,वर्षा ,हावा हुरी ,चट्यांगबाट समेत आफुहरु पर्भावित परेको बताउछन।

सरकारले जुनसुकै प्रक्रिया पुर्याएपनि लगेर जति दिन क्वारेईनटाईनमा राखेपनि आफुहरु बस्न मन्जुर रहेको तर सरकारले तेसो नगरेको उनीहरुको चित्कार छ।

मानवीयता देखाएर सरकारले हामीलाई तत्काल उद्दार गरोस उनीहरुको सामुहिक बोलि छ।