Simta
Simta
lekbesi

पुर्व सांसद राजिव शाहले कर्णालीलाई दिए एक करोडको स्वास्थ्य उपकरण ,

Gurvakot

जेठ ९ ,काठमान्डौ – जाजरकोटबाट पुर्व सांसद समाजसेवी राजिव विक्रम शाहले एक करोडको स्वास्थ्य उपकरण कर्णाली प्रदेशलाई सहयोह गरेका छन्।

कर्णाली प्रदेश सरकारलाई कोरोनाविरुद्धको लडाँइमा सघाउन उनले कर्णालीको प्रदेश अस्पताल ,जिल्ला अस्पताललाई सो उपकरण सहयोग गरेका हुन्।

lekbesi

शुक्रबार एक कार्यक्रमको बीच मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको उपस्थितिमा र प्रदेश अस्पतालका प्रमुख डा. डम्मर खड्कालाई स्वास्थ्य उपकरण हस्तान्तरण गरेका हुन् ।

शाहले प्रदेश अस्पताल सुर्खेतमा पाँचवटा आइसीयु बेड, इसिजी मेसिन, प्यासेन्ट मनिटरलगायत ८० लाख बराबरको उनले स्वास्थ्य उपकरण सहयोग गरेका छन् ।

यस्तै कर्णालीका आठवटा जिल्ला अस्पताललाई समेत उनले तत्काल आवाश्यक पर्ने सामग्री पठाएका छन् भने प्रदेशका अन्य जिल्ला अस्पताललाई करिब तीन लाख बराबरका स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन् ।

उनको सहयोगमा कर्णालीका हुम्ला, मुगु, डोल्पा, कालिकोट, दैलेख, जाजरकोट, सल्यान र रुकुमपश्चिम जिल्ला अस्पताललाई प्यासेन्ट मनिटर, अक्सिजन कन्सनटेटर, इसिजी मेसिन, प्यासेन्ट ट्रली, नेपुलाइजरलगायतका स्वास्थ्य सामग्री दिइएको छ ।

स्वर्गीय प्रभाकर शमशेरकी छोरी माया राणाको सहयोगमा कुमारी ट्रष्टमार्फत कर्णाली प्रदेश अस्पताल र जिल्ला अस्पताललाई स्वास्थ्य उपकरण प्रदान गरिएको ट्रष्टका अध्यक्ष समेत रहेका शाहले बताए ।

कर्णालीमा रोगसंग लड्न निकै चुनौती छ ,कर्णालीको भौगोलिक विकटता, स्वास्थ्य पूर्वाधार र जनशक्तिको अभावले यहाँ नागरिकलाई महामारी फैलनसक्ने अवस्था रहेको भन्दै रोग संग लड्न थप सहयोगका साथ उक्त उपकरण सहयोग गरिएको शाहले बताए ।

पूर्व सांसद तथा सामाजसेवी राजिव शाहले प्रदान गरेको स्वास्थ्य सामग्रीले कर्णालीमा कोरोनासँग लड्न थप सहयोग पुगेको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए ।

कर्णाली प्रदेशमा हाल हाल सम्म एक जनामा कोरोन संक्रमणको पुस्टि भएको छ ति युवक भारतबाट आएका थिए।

तेस्तै कर्णाली प्रदेशमा संक्रमित मुलुक भारतबाट कर्णाली बासि भित्रिने क्रम जारि छ। हिजो मात्र कर्णालीमा रुपैडिहा नाकाबाट २० हजारको हाराहारीमा नागरिक भित्रिएका छन्।

Simta