झुठा समचार सम्प्रेषण गर्ने २२० वटा अनलाईनलाई काउन्सिलको सचेत र स्पस्टिकरण माग ,
जेठ ९ ,काठमान्डौ – कोरोना संक्रमण महामारीको बेला विभिनन अनलाईन माध्यामले केहि झुठा समचार सम्प्रेषण गरेको हुँदा प्रेस काउन्सिल नेपालले सचेत गराएको छ।
समाजमा आतंकित बनाउने खालका टाईटल राख्ने र कोरोना महामारीकोबेला झुठा समचार नहाल्न पनि काउन्सिलले निर्देशन दिएको छ।
लकडाउनको अवधिभर २०७६ /१२ /१० देखि २०७७ /२ /८ गते सम्म स्वअनुगमन काउन्सिलले २२० वटा समचार माध्यामलाई सचेत र स्पस्टिकरण माग गरेको छ।
नेपालभित्र सम्प्रेषण हुननसक्ने गरि ७० वटा अनलाईनलाई काउन्सिलले बन्द गरेको छ भने एक अनलाईनलाई अन्तिम चेतावनी दिएको छ।
तेस्तै काउन्सिलले ५९ अनलाईन संग स्पस्टिकरण माग गरेको छ ,२२ वटालाई सचेत गराईएको छ भने ४० अनलाईनलाई निर्देशन दिईएको छ।
काउन्सिलले कोरनासामग्री सम्बन्धि १४ वटालाई उजुरु परेको र १० वटाले मागेको स्पस्टिकरण पेश नगर्ने गरि जम्मा २२० संचार माध्यमलाई काउन्सिलले सचेत गराएको प्रेसकाउन्सिलका सह प्रशाशकिय अधिकृत सुचना अधिकृत दिपक खनालले जानकारी गर्नुभएको हो।
गत ७ गते बुधबार गुल्मीको मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको भन्ने शिर्षकमा समाचार सम्प्रेषण गर्ने १३६ अनलाईन समचार माध्याम देखि टेलिभिनलाई पनि काउन्सिलले सचेत गराएको छ।
कुनैपनि विषयमा सम्प्रेषण गर्दा सत्य तथ्य जानकारी लिएर समचार पोस्ट गर्न काउन्सिलले जानकारी गरेको हो।
तेस्तै केहि समचार माध्यामले नेपालमा कोरोना महामारी भयावह हुनसक्ने देखि अतिरन्जित शिर्षक राखेकोमा कान्सिलले स्पस्टिकरण मागेको छ।
विस्तृतमा याँहा हेर्नोहोस ,