थप ३२ जनामा कोरोना संक्रमणको पुस्टि संक्रमितको संख्या ५४८ पुग्यो ,

जेठ १० ,काठमान्डौ – नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको छ। शनिबार बिहान थप ३२ जनामा कोरोन पुस्टि भए संगै यो संख्या पुगेको हो।

स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, सर्लाही, बारा, काठमाडौं, रुपन्देही र चितवनमा गरी ३२ जना संक्रमित थपिएका हुन्।

कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा १७, १९, २२, २९, ३५, ४० र ४२ वर्षीय पुरुष रहेका छन् भने २७ वर्षीया महिला रहेकी छन् । यसैगरी सर्लाहीको गडैतामा थप १३ जना पुष्टि भएको छ ।

lekbesi

जसमा १८, २०, २०, २०, २१, २२, २३, २८, २६, २८, ३३, ३५ र ३५ वर्षका पुरुष रहेका छन् । यसैगरी बाराको करैयामाईमा ३७ वर्षीय महिला तथा काठमाडौंमा ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकामा ८ जनामा कोरोना पुष्टि भएके छ । जसमा २०, २०, २४, २४, २४, २७, ३०, ३० र ५५ वर्षीय पुरुष रहेका छन् ।

यस्तै भरतपुर प्रयोगशालामा गरिएकोे परीक्षण्मा पनि चितवनको भरतपुर-६ का ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ ।