Simta
Simta
lekbesi

रुकुम पश्चिम् चौरजाहारी नगरपालिकाको ६० जना मजदुरमाथि कालोबजारी र ठगि ,

Gurvakot

जेठ ९ ,काठमान्डौ – रुकुम पश्चिम् चौरजाहारी नगरपालिका वडान २ को शितल क्याम्पसमा निर्माण गरिने क्वारेन्टाइनमा नगरपालिकाले मजदुरलाई ठगि गरेको खुलेको छ।

नगरपालिकाको निर्माणाधीन क्वारेईनटाईनमा वडान १ ,२ ,३ का करिब ५० देखि ६० जनाको हाराहारीमा मजदुर काममा जुटेका थिए।

मजदुरलाई काम लगाउँदा दैनिक ६६५ र मिस्तुरीलाई ८८० ज्याला दिने भनेर काम नगरपालिकाले लगाएको थियो।

lekbesi

बैशाख २९ गते देखि दिन रात पसिना बगाएर मजदुरले जेठ ७ गते क्वारेईनटाईनको काम सकेर हिसाब गर्न जाँदा भने नगरपालिकाले मजदुरको रकम कटौती गरेको खुलेको छ।

नगरपालिकाले मजदुर नागरिकलाइ ६३५ र मिस्तुरिलई ८४० का दरले हिसाब गर्ने बताएपछि नागरिकले आफुहरुलाई अन्या भएको बताए।

जवाफमा नगरपालिकाले आफुहरुलाई घाटा लागेकोले हिसाब घटाउनु परेको बताएको थियो।मजदुरले आफुहरुलाई अन्याय भयो भन्दा नगरपालिकाका कर्मचारीले उल्टै झपारेका थिए।

कराएर केहि नहुने जे -जे गर्ना मन छ गर त्यो पनि पैसा नदिने खाद्यान चामल दिने बताएपछि मजदुर सहमति भएका थिए।

चामल लिने सहमति भएपछि नगरपालिकाले २५ केजीको चामलको कठ्ठा वितरण गरेको थियो ।

बजारमा १२ सय पर्ने शान्ति ब्राण्डको चामललाई नगरपालिकाले १७५० भनेर मजदुरलाई वितरण गरेको खुलेको छ। नागरिकले आफुहरुमाथि अन्या भएको भन्दै आन्दोलनमा उतार्ने चेतावनी दिएका छन्।

 

रिपोर्ट: सर्जन बिसी ,रुकुम

Simta