surkhet

नेपालमा अवैध सुन व्यापार र हत्या बढ्दो क्रम फेरी ३ जना समातिय ,,

surkhet

५ वैशाख, काठमाडौं – नेपालमा अवैध सुन व्यापार र हत्या बढ्दो क्रम दैनिक भईरहेको छ । ३३ केजी सुन प्रकरणले देशमा जता ततै सनसनी फैलायो, विभिन्न कारणले हो या लापरबाहीका कारणले हो नेपालमा सुन काण्ड दैनिक सल्मलाउदै गयको देखिन्छ । नेपाल प्रहरीले काठमाडौंको कोटेश्वरबाट अवैध सुनसहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले मंगलबार दिउँसो २ बजे कोटेश्वर चाेकबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो र उनीहरुको साथबाट ५०/५० ग्रामको ५ वटा सुनको चुरा बरामद भएको जानकारी गरायको छ ।

Gorkha

वैदेशिक रोजगारीको शिलशिलामा कतारबाट फर्किएका कामदारहरुलाई सुन ओसार पसार गर्न लगायको गोप्य सुचनामा टोलीले ३ जनालाई पक्राउ गरेको छ , पक्राउ पर्ने हरुमा काठमाडौंको ठहिटी बस्ने ३६ वर्षीय रतनलाल श्रेष्ठ , उदयपुरको त्रियुगा घर भई बौद्ध बस्ने २२ वर्षीया लिलाकुमारी श्रेष्ठबाट ४ वटा सुनको बाला र लहान–१५, सिरहाका २० वर्षीय इन्द्र सदेलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट ५० ग्रामको एउटा सुनको बाला बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनकुमार थापाका जानकारी दिनु भयको छ ।

पक्राउ परेका उनीहरुलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा राखेर अनुसन्धान भइरहेको छ । अनुसन्धानपश्चात उनीहरुलाई राजश्व अनुसन्धान विभाग, हरीहरभवन पुल्चोक ललितपुरमा पठाउने प्रहरीको तयारी छ ।

salyan