अस्ट्रेलियामा छायांकन भिडियो इन्दिरा जोशीको ,गलफ्रेन्ड,
वैशाख ५ , गायिका इन्दिरा जोशीको आवाजमा तयार भएको ‘गलफ्रेन्ड’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा इन्दिराले शब्द, संगीत र स्वर आफै भरेकी छन् ।
गर्लफ्रेन्ड गीतको भिडियोलाई सुनोद श्रेष्ठले निर्देशन गरेका छन् । खड्का एन्ड सन्स सिने इन्ट्रस्ट्रीले निर्माण गरेको भिडियोमा छायांकन र सम्पादन अस प्रोडक्शनको रहेको छ । भिडियोको छायांकन अष्ट्रेलियामा गरिएको हो ।
म्युजिक भिडियोमा सुनोद श्रेष्ठ, प्रिया मिश्र, प्रविल श्रेष्ठ, सुनिल घले, विमल नेपाल, सुनिल पराजुलीले अभिनयको भूमिका निभायका छन् ।